१६ कार्तिक २०८३, आईतवार

 

धौलागिरि समाजको छैठौं वार्षिक साधारणसभा सम्पन्न, आठ जना सामाजिक व्यक्तित्व सम्मानित

काठमाडौं । धौलागिरि समाज नेपालको छैठौं वार्षिक साधारणसभा, अन्तरक्रिया, सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वार्षिक साधारणसभाका साथै विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको शुभकामना आदान प्रदान, सम्मान कार्यक्रम, श्रीकृष्ण गण्डकी सभ्यता तथा शालग्राम विषयक अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले श्रीकृष्ण गण्डकी सभ्यता तथा शालग्रामको ऐतिहासिक महत्व रहेको बताउनु भयो । यसको अनुसन्धान र विकासको लागि सरोकारवालाहरुले दिगो कार्यक्रम ल्याउन सके धार्मिक पर्यटनबाट देशले ठूलो आर्थिक उपलब्धी हासिल गर्न सक्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवम नेपाल सरकारका पूर्वमुख्य सचिव मुकुन्द शर्मा पौडेल, संस्थाका संस्थापक महासचिव एवम कालीगण्डकी बचाउँ महाअभियानका संयोजक गोविन्द शर्मा पौडेल, विश्व हिन्दु महासंघ नेपाल अध्यक्ष डा रामचन्द्र अधिकारी, गण्डकी सभ्यताका विज्ञ डा कुलराज चालिसे , राप्रपाका उपाध्यक्ष तथा समाजसेवी दिल विकास राजभण्डारी, डा राम बहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।

धौलागिरि समाजले हरेक साधारणसभालाई सृजनात्मक बनाउदै आएको र देशको विभिन्न सरोकारको विषयमा विमर्श तथा अन्तरक्रिया गर्र्दैै आएको धौलागिरि समाजका अध्यक्ष केदार नाथ गौतमले बताउनु भयो ।

कार्यक्रममा संस्थाका महासचिव रामचन्द्र पौडेलले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । सो अवसरमा धौलागिरि सांस्कृतिक समितिका अध्यक्ष कृष्ण समीप सुवेदी, दिपिका पौडेलले लगायतका कलाकारहरूको सांगितिक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुग गर्दै डा कुलराज चालिसेले शालग्रामको विश्वब्यापी महत्व र यसको व्यापक प्रचार प्रसार गर्न सके धौलागिरि क्षेत्रमा ठूलो संख्यामा धार्मिक पर्यटक आकर्षिक गर्न सकिने बताउनु भयो ।

साधारणसभाको अवसरमा समाजका प्रमुख संरक्षक रमेश शर्मा, विशिष्ठ संरक्षक दिल विकाश राजभण्डारी, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, संरक्षक ई.मोति कुँवर, ट्रस्टि प्रा. डा ढुण्डिराज पौडेल, दिवाकर वझा, महेन्द्र प्रसाद श्रेष्ठ, ज्ञान प्रसाद तिवारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीस कल्याण श्रेष्ठले सम्मान गर्नु भएको थियो ।

धौलागिरि समाज नेपालका अध्यक्ष केदारनाथ गौतमको अध्यक्षता, समाजका उपाध्यक्ष भक्त राज भुसालको धन्यवाद मन्तव्य र कार्यक्रमको संचालन कोषाध्य एक नारायण उपाध्यायले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung