४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङ समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, बागलुङ तारा सम्मानबाट डा रामकुमार श्रेष्ठ र श्याम सुन्दर गुभाजु सम्मानित

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनमा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको शुभकामना आदान प्रदान एवं बागलुङ तारा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागलुङ समाजले स्थापना गरेको बागलुङ तारा सम्मानबाट दुई जना चिकित्सक तथा शिक्षासेवीलाई सम्मान गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याने बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका संस्थापक अध्यक्ष समेत रहनु भएका डा. राम कुमार श्रेष्ठ र शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै श्याम सुन्दर गोभाजुलाई दोसल्ला तथा प्रमाणपत्र अपर्ण गरी बागलुङ तारा सम्मानबाट सम्मान गरिएको थियो ।

सो अवसरमा सम्मानित व्यक्तित्व डा. राम कुमार श्रेष्ठ, श्याम सुन्दर गोभाजु, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पूर्वअध्यक्ष सुमन शाक्य, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहका कार्यवहाक अध्यक्ष सोनी श्रेष्ठ, आजिवन सदस्य राम विन्दु श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो कार्यक्रममको अवसरमा आजिवन सदस्य रामविन्दु श्रेष्ठले आमा ओम कुमारी श्रेष्ठ र बुबा चन्द्र कुमार श्रेष्ठ स्मृतिमा १ लाख ५५ हजारको अक्षय कोष स्थापना गर्नु भएको छ ।

साथै आजिवन सदस्य हरिप्रसाद प्रधानले यस अघि स्थापना गरेको अक्षय कोषमा १ लाख थप गर्नु भएको छ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठको अध्यक्षता उपाध्यक्ष डा स्वंय प्रकाश श्रेष्ठको स्वागत र सहसचिव दिपक प्रधानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तस्वीर : केशवचन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्