४ जेष्ठ २०८१, शुक्रबार

 

ई. राम विन्दु श्रेष्ठद्वारा बुबा-आमाको स्मृतिमा ‘चन्द्र-ओम अक्षय कोष’ स्थापना

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका आजिवन सदस्य ई. राम विन्दु श्रेष्ठले आमा र बुबाको स्मृतिमा शैक्षिक अक्षय कोष स्थापना गर्नु भएको छ ।

बागलुङ नगरपालिका वडा नं ३ कम्पुटोल जन्म घर भई हाल काठमाडौं बस्दै आउनु भएका श्रेष्ठले आमा ओम कुमारी श्रेष्ठ र बुबा चन्द्र कुमार श्रेष्ठको स्मृतिमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुग्योस् भन्ने उद्देश्यले १ लाख ५५ हजारको अक्षय कोषको स्थापना गर्नु भएको हो ।

कोषको ब्याजबाट आउने रकमले ‘चन्द्र-ओम अक्षय कोष’ नामबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो । आमा ओम कुमारी श्रेष्ठ र बुबा चन्द्र कुमार श्रेष्ठले श्रेष्ठको उच्च शिक्षा लागि पुर्याउनु भएको योगदानको स्मरण गर्दै कोष स्थापना गर्नु भएको हो ।

श्रेष्ठले लेख्नु भएको ‘मेरा सोभियत सम्झनाहरु’ पुस्तकको विक्रीबाट आएको रकमबाट कोष स्थापना गर्नु भएको हो । उक्त कोष बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले सामाजिक, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा स्थापना गरेको मूल अक्षय कोषमा घटनास्थापनाको दिन अर्को इटा थपिएको हो ।

आइतबार बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अक्षय कोषको घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्