४ जेष्ठ २०८१, शुक्रबार

 

पत्रकारद्वय दिलिप पौडेल र अन्जना लामिछाने बेलायतमा सम्मानित

लन्डन । नागरिककर्मी दिलिप पौडेल र कान्तिपुर टेलिभिजनकर्मी अन्जना लामिछाने बेलायतमा सम्मानित भएका छन् ।

बेलायत भ्रमणमा रहेका नागरिककर्मी पौडेल तथा नेपाल प्रेस युनियनका महासचिव पौडेल र कान्तिपुर टेलिभिजनकर्मी लामिछानेलाई नेपाल प्रेस युनियन बेलायत शाखाले आइतवार लन्डनस्थित प्लमस्टेडमा सम्मान गरेको हो ।उनीहरुलाई गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जिवी ढकालले सम्मान गर्नु भएको हो ।

कार्यक्रममा नागरिककर्मी दिलिप पौडेल र कान्तिपुर टेलिभिजनकर्मी अन्जना लामिछानले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष चिरन शर्मा, नेपाली जनसम्पर्क समिति साउथइष्ट लण्डनका सभापति राजेन्द्र खरेल, गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपमहासचिव अर्जुन कटुवाल, नेपाली जनसम्पर्क समिति बेलायतका महासचिव कुश बस्नेत, एनआरएनए पूर्वकेन्द्रीय सदस्य लिला देवी गुरुङ, जनसम्पर्क समिति भारतका पूर्वअध्यक्ष हरि कुमार मल्ल, नेपाल पत्रकार महासंघ युरोप शाखाका संस्थापक सदस्य बाबुराम भुषाल लगायतको उपस्थिति थियो ।

शाखा अध्यक्ष विपिन निरौलाको सभापतित्वमा भएको कार्यक्रम शाखाका केन्द्रीय पार्षद कुस बस्नेतले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्