४ जेष्ठ २०८१, शुक्रबार

 

ब्लड क्यान्सर पीडित सिबिषा खड्काद्वारा सहयोगको अपिल

बागलुङ । बागलुङ नगरपालिका–३ की १५ वर्षीया सिबिषा खड्काले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । ब्लड क्यान्सरबाट पीडित खड्कालाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । खड्काको दुई वर्षदेखि काठमाडौंको ब्लड अस्पतालमा उपचार भइरहेको छ ।

हाल उनको अवस्था सुधारोन्मुख छ । अहिलेसम्म उपचारमा ५० लाख रुपैयाँ खर्च भइसकेको छ । थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन आमा रोशनी श्रेष्ठ खड्काले अनुरोध गरेकी छिन् ।

‘छोरीको उपचारमा थप एक करोड जति खर्च हुने भएकोले सहयोगका लागि सबैसँग आग्रह गर्दछु’ खडकाले बताइन । आर्थिक सहयोग संकलनका लागि अमर बहादुर खड्काको अध्यक्षतामा पाँच सदस्यीय ‘सिबिषा बचाउ अभियान’ पनि गठन भएको समितिका सदस्य निशान खड्काले जानकारी दिनु भयो ।

सिबिषालाई सहयोग जुटाउन आमा शिखा श्रेष्ठको (रोशनी खड्का श्रेष्ठ) नाममा ग्लोबल आइएमई बैंक बागलुङ शाखामा १२०७०१००००३३४ नम्बरको खाता खोलिएको छ ।

सम्पर्क मोबाइल नंम्बर ९८५७६२२२७०

प्रतिक्रिया दिनुहोस्