४ जेष्ठ २०८१, शुक्रबार

 

जन्मदिनमा मानवसेवा आश्रमलाई बस्नेतद्वारा २० हजार सहयोग

बागलुङ । कमल बस्नेतले आफनो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।आश्रितहरूको भोजनका लागि बस्नेतले २० हजार रुपैयाँ सहयोग गरेको हो ।

विहीबार गलकोट नगरपालिका ६, नेपाने जन्म घर भई हाल अमेरिका निवासी बस्नेतले जन्म दिनको उपलक्ष्यमा आश्रमलाई आर्थिक सहयोग पठाउनु भएको महिला जागरण केन्द्र, मल्मकी अध्यक्ष ललिता थापाले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

कार्यक्रममा नयाँ विश्व डटकमका प्रधान सम्पादक निर्मल बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागलुङका इन्चार्ज गोविन्द पौडेल र महिला जागरण केन्द्र, मल्मकी अध्यक्ष ललिता थापाले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको संचालन आश्रमकी सञ्चालिका विपना तामाङले गरेकी थिइन् ।

आश्रमले परिवार तथा आफन्तजन नभएका र अलपत्र परेका वृद्धवृद्धा, युवा तथा बालबालिकालाई संरक्षण दिँदै आएको छ । संस्थाले विशेष गरी मानसिक सन्तुलन गुमाएर अलपत्र परेका, सडक रहेका नागरिकहरुलाई लगेर हेरचाह गर्ने गरेको मानवसेवा आश्रम बागलुङका संचालक शिव खड्काले नयाँ विश्वलाई बताउनु भयो । अहिले उक्त संस्थामा ४८ जनाले आश्रय लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्