५ जेष्ठ २०८१, शनिबार

 

भूकम्पपीडितलाई सहयात्रा बागलुङले पठायो राहत सामग्री

बागलुङ । सहयात्रा बागलुङले बागलुङ बजारका फेन्सी व्यवसायीहरुसँग लत्ताकपडा संकलन गरी भूकम्प पीडितको लािग पठाएको छ।

भूकम्प प्रभावित नागरिकलाई वितरणका गर्नको लागि लत्ताकपडा सङ्कलन गरी पठाइएको सहयात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माले बताउनु भयो । प्राकृतिक विपत्तिले ल्याएको संकटमा राहत दिन लत्ताकपडा सङ्कलन गरी भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको लागि पठाइएको सहयात्रा बागलुङका अध्यक्ष शर्माले जानकारी दिनु भयो ।

बागलुङ बजारका विभिन्न फेन्सी व्यवसायीहरुसँग सहयोग संकलन गरी पीडितको लागि न्यानो कपडा, जत्ता, चप्पल लगाएतका सामान संकलन गरी पठाइएको हो ।

सङ्कलन गरिएको कपडा तत्काल पीडित समक्ष पु¥याउनका लागि सस्थाका सदस्य दिपक सुवेदि, सुजन सापकोटा, डा सुलभ आचार्य र पवन आचार्य सहितको टोलीलाइ भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ । तत्काल राहत र पूर्णस्थापनाको लागि सहयोग होस भनि राहत सामग्री पठाइएको सहयात्रा बागलुङका सल्लाहकार जगदिशचन्द्र उपाध्यायले जानकारी दिनु भयो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्