१५ बैशाख २०८१, शनिबार

 

बागलुङमा लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

बागलुङ । बागलुङमा लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको छ । शनिबार सामाजिक विकास कार्यालयको समन्वयमा बागलुङ बजारमा लैङ्गिक  हिंसा विरुद्धको र्याली निकालेर अभियान सुरु भएको सामाजिक विकास कार्यालय, बागलुका कार्यालय प्रमुख गोमा रिजालले जानकारी दिनु भयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, महिला नेतृ मन केसी, चिजा थापा, जिल्ला समन्वय प्रमुख अमर बहादुर थापा,   अन्तर पार्टी महिला संजालका सचिव पिंगला जिसीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला समन्वय प्रमुख अमर बहादुर थापाको अध्यक्षतामा र संचालन सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले गर्नु भएको थियो ।

२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभिभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

योगमायाले महिला आन्दोलनको सुरुवात गरेको भोजपुर तथा संखुवासभामा अन्तरक्रिया कार्यक्रम गरिने

राष्ट्रिय महिला आयोगले १६ दिने अभियानका क्रममा नेपाल पक्ष रहेका महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी सीड तथा अन्य अन्तराष्ट्रिय दस्तावेजको कार्यन्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने, छाउपडी प्रथा, बालविवाह, दाईजोलगायत प्रथा अन्त्यका लागि कर्णाली, सुदुरपश्चिम प्रदेश तथा प्रदेश दुई केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने र अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गर्ने भएको छ ।

बुधबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै १६ दिने अभियानका बारेमा जानकारी गराएको हो ।

अभियानकै क्रममा योगमायाले नेपाली महिला आन्दोलनको सुरुवात गरेको भोजपुरको मझुवाबेसी तथा संखुवासभाको तुम्लिङटारमा लैंगिक हिंसा विरुद्धको अन्तरक्रियात्मक कार्यक्रम, बालविवाह, प्रजनन स्वास्थ्य गर्भपतनको विषयमा सचेतनामूलक कार्यक्रम गर्ने आयोगले जनाएको छ।

आयोगका अध्यक्ष कमला पराजुलीले ७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएको जानकारी दिएकी छन् ।

हिंसामा परेकाले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले नै अधिकांश महिला हिंसा विरुद्ध उजुरी गर्न नआएको उनको भनाई थियो ।७५ प्रतिशत हिसां घर, नजिकका आफन्तबाट हुने गरेको पाइएको जानकारी दिएकी छन् ।

हिंसामा परेकाले न्याय पाउन सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले नै अधिकांश महिला हिंसा विरुद्ध उजुरी गर्न नआएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्