८ जेष्ठ २०८१, मंगलवार

 

कालिका भगवती मन्दिरमा एमाले अध्यक्ष ओलीले गरे पूजापाठ

बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्नु भएको छ ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा रहनुभएका अध्यक्ष ओलीलाई बागलुङको प्रसिद्ध भगवती मन्दिरमा कालिका भगवती गुठी बागलुङका अध्यक्ष कुमार खड्काले स्वागत गर्नु भएको थियो ।

गुठीको तर्फबाट ओलीलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।एमाले अध्यक्ष ओली सहित मन्दिर पुगेका उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेश सांसद कृष्ण पाठक, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल र जिल्ला अध्यक्ष हिराबहादुर केसीको उपस्थिति रहेको थियो ।

तस्वीर:आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्