२० बैशाख २०८१, बिहीबार

 

बागलुङ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि अमर आदर्शलाई, गणेश मावि दोस्रो र चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल तेस्रो

बागलुङ । बागलुङ नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमर आदर्शले जितेको छ ।

आईतबार सम्पन्न प्रतियोगितामा १४ स्वर्ण सहित २७ पदक जित्दै अमर आदर्श आवासिय माध्यमिक विद्यालयले उपाधि चुमेको हो । अमर आदर्शले ९ रजत र ४ काश्य पदक जित्यो ।

यस्तै ९ स्वर्ण, ७ रजत र १ काश्य पदक सहित १७ पदक जित्दै गणेश माध्यमिक विद्यालय दोस्रो र ८ स्वर्ण, ११ रजत र १६ काश्य पदक सहित ३५ पदक जितेको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल तेस्रो भएका छन् । साविक विजेता सनराईज माध्यमिक विद्यालयले ८ स्वर्ण, १ रजत र ९ काश्य सहित १८ पदकमा चित्त बुझायो ।

प्रतियोगिता अन्तरगत छात्र भलिबल धवालगिरि वीरेन्द्र माध्यमिक विद्यालय र छात्रा भलिबल विद्यामिन्दर माविले जितेको छ । फाइनल खेलमा धवलागिरि वीरेन्द्रले महाविद्याजन माविलाई २५–१७ र २५–१ को सोझो सेटमा पराजित गरेको थियो । यस्तै छात्रा तर्फ विद्यामन्दिरले धवलागिरि वीरेन्द्र माविलाई २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरेको थियो ।

कबड्डी तर्फ छात्रको खेलमा युएस एकेडेमीले स्वर्ण, विद्यामन्दिर माविले रजत र न्यू ओएसिस माविले कास्य पदक जितेका छन् । त्यस्तै छात्रा तर्फको कबड्डीमा अमर आदर्शले स्वर्ण,चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले रजत र युएस एकेडेमीले कास्य पदक जितेका छन् ।

विजेता अमर आदर्श आवासिय माविलाई ४० हजार रुपैयाँ र उपविजेता गणेश माविलाई २० हजार रुपैयाँ प्रदान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा ३७ विद्यालयले सहभागिता जनाएको नगर शिक्षा शाखाले जनाएको छ ।

तीन दिनसम्म चलेको प्रतियोगितामा ७० इभेन्टमा ६६ स्वर्ण, ६६ रजत र ७५ काश्य गरी २०७ पदकको लागि १ हजार ५ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको नगर शिक्षा अधिकारी पोख्रेलले बताएका छन् ।

नगरपालिका स्तरीय प्रतियोगिताको विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडी छनोट गरेर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने छ ।

ईपरी न्यूजबाट

प्रतिक्रिया दिनुहोस्