२१ बैशाख २०८१, शुक्रबार

 

महिला भलिबलको फाइनलमा नव मालिका र निर्माण व्यवसायी प्रवेश

बागलुङ । बागलुङ महोत्सवमा आयोजना गरिएको खुल्ला महिला भलिबलको उपाधिको लागि नव मालिका युवा क्लब र निर्माण व्यवसायी संघ बागलुङ भिड्ने भएका छन् ।

शुक्रबार भएको प्रतियोगिताको सेमिफाइनल खेलमा नव मालिकाले नेपाल सुनचाँदी व्यवसायी संघ र निर्माण व्यवसायी संघ बागलुङले प्रेम दाईको रेष्टुरेण्ट तंग्रामलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा नव मालिका युवा क्लबले नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । नव मालिकाले पहिलो सेट २५–१५, दोस्रो सेट २५–८ र तेस्रो सेट २५–१८ ले विजयी भएको थियो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा यस्तै दोस्रो सेमिफाइनल खेलमा निर्माण व्यवसायी संघ बागलुङले प्रेम दाईको रेष्टुरेण्ट तंग्रामलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्माण व्यवसायीले पहिलो सेट २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२२ ले विजयी भयो । तेस्रो सेटमा १२–१९ ले पछि परेको निर्माण व्यवसायीले उत्कृष्ट कमव्याक गर्दै २५–२२ ले जित निकालेको हो ।

शुक्रबार नै भएको समुह चरणको अन्तिम खेलमा निर्माण व्यवसायी संघ बागलुङले गलकोट नगरपालिका–१० पाण्डवखानीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । पहिलो सेट २५–१९ र दोस्रो सेट १४–२५ ले आफ्नो पक्षमा पारेको निर्माण व्यवसायी संघले तेस्रो सेटमा २५–२३ ले गुमाएको थियो । चौथो सेटमा १७–२५ मा विजयी हासिल गरेको थियो ।

सातौं बागलुङ महोत्सवमा आयोजित प्रतियोगिताको फाइनल खेल र तेस्रो स्थानको खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय हुने टिमले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने महोसत्वको भलिबल संयोजक सञ्जय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सव पौष २२ गतेसम्म संचालन हुनेछ । पौष १५ गतेदेखि पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता संचालन हुनेछ ।
खबरवेबाट

प्रतिक्रिया दिनुहोस्