२१ बैशाख २०८१, शुक्रबार

 

बागलुङ जिल्ला जिमनास्टिक संघको अध्यक्षमा वुद्ध वोहोरा

 

बागलुङ । बागलुङ जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बसेको जिल्ला भेलाले वुद्ध वोहोराको अध्यक्षतामा ९ सदस्यीय बागलुङ जिल्ला जिमनास्टिक संघ गठन गरेको छ ।

यसै गरि समितिको उपाध्यक्षमा मनु थापा लामिछाने, सचिवमा प्रवेश पौडेल, कोषाध्यक्षमा भिम बहादुर पाठक रहेका छन् ।

समितिको सदस्यमा रोशन मल्ल, रेशम गौतम, सुरज खड्का, गिता खड्का, गजेन्द्र रोकाह रहेका छन्।

नयाँ समितिले जिल्ला भित्र लुकेर रहेका जिमनास्टिक खेलाडिहरुलाई काखापाखा नगरी खोजि गरी जिल्ला र देशको प्रतिनिधि गरी उपाधि हासिल गर्न सक्ने जिम्मेवारी तपाईहरुको काधमा आएको गण्डकी प्रदेश संयोजक योगेन्द्र गुरुङले बताउनु भयो ।

कार्यक्रममा बागलुङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष कुमार खड्का, पर्वत जिल्ला जिमनास्टिक संघ अध्यक्ष विक्रम श्रेष्ठ, बागलुङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेश बाँस्कोटा, बागलुङ जिल्ला खेलकुद विकास समिति सदस्य ज्ञानेन्द्र ढकाल, बागलुङ जिल्ला खेलकुद विकास समिति पूर्वकार्यालय प्रमुख भिमसेन शाक्यले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्