२२ बैशाख २०८१, शनिबार

 

लायन्स क्लब, लियो क्लब र बागलुङ जेसीजद्वारा गणेश माविका विद्यार्थीलाई भाषण कला तालिम

बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङ, लियो क्लब अफ धौलागिरि बागलुङ र बागलुङ जेसीजको संयुक्त आयोजनामा भाषण कला तालिम आयोजना गरिएको छ ।

मंगलबार बागलुङ नगरपालिका-१४ नारायणस्थान बलेवास्थित गणेश माध्यमिक विद्यालयमा उक्त तालिम आयोजना गरिएको थियो ।

कार्यक्रमको सहजिकरण बागलुङ जेसीजका अध्यक्ष तथा लायन्स क्लब अफ धौलागिरि बागलुङका प्रथम उपाध्यक्ष गणेश महतोले गर्नु भएको थियो । तालिममा कक्षा १० देखि कक्षा १२ सम्मका १ सय १० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका-१४ का वडा अध्यक्ष चक्र बहादुर खत्री, गणेश माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वाल मुकुन्द शर्मा ढकाल र विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लियो क्लब अफ धौलागिरि बागलुङका उपाध्यक्ष सचिन हरिजनको अध्यक्षता, स्वागत क्लबका द्धितीय उपाध्यक्ष नारायण दत्त खराल र संचालन सचिव आसमिन सेखले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्