२२ बैशाख २०८१, शनिबार

 

विनमारे बागलुङ सम्पर्क समाजको अध्यक्षमा प्रदीप पन्त

बागलुङ । बागलुङ बजारमा बसोबास गर्ने विनामारेवासीहरुको प्रथम वृहत भेला तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

भेलाले प्रदिप पन्तको अध्यक्षतामा २३ सदस्यीय विनामारे बागलुङ सम्पर्क समाज गठन गरको छ । समाजको उपाध्यक्षमा दल बहादुर विक , सचिवमा शिव शर्मा, कोषाध्यक्षमा मधु शर्मा , सह सचिवमा शान्ति भण्डारी केसी , सह कोषाध्यक्ष पुतली थापा रहेका छन् ।

समितिको सदस्यमा कृष्ण शर्मा , रामु पाण्डे, रमेश केसी , गोविन्द पाण्डे , कृष्ण आचार्य, भोजराज पौडेल, विजय पौडेल, रामु पौडेल, तेजेन्द्र पौडेल, दुर्गा सुवेदि , माधव खत्री, प्रेम पौडेल, सिता शर्मा , कृष्ण पौडेल, वविता विक , कला ढुङगाना , गिता देवी आचार्य रहनु भएको छ ।

चुडामणि आचार्यको संयोजकत्वमा सल्लाहकार समिति निर्माण भएको छ । जस्को सदस्यहरुमा मनोज रोका र होमनाथ शर्मा रहेको छ ।

भेलामा वडा अध्यक्ष ठग बहादुर थापा , वडा सदस्य विष्णु पौडेल र निवर्तमान वडा सदस्य देवेन्द्र रेग्मीको उपस्थित रहेको थियो । कार्यक्रम भेला आयोजक तदर्थ समितिको संयोजक मधु शर्माको अध्यक्षता , सदस्य प्रदिप पन्तको स्वागत र शिव शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्