३ श्रावण २०८३, आईतवार

 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘कृष्णप्रसाद कोइराला स्मृति सम्मान–२०८०’ बाट सम्मानित

काठमाडौं । कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘कृष्णप्रसाद कोइराला स्मृति सम्मान–२०८०’बाट सम्मानित गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शेखर काइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । डा कोइरालाले संघीयताको सफल कार्यान्वयनका लागि जनताको घर घरमा सरकार पुग्नुपर्ने बताउनु भयो ।उनले मुलुकमा लोकतन्त्र स्थापित गर्न सुशासन एवं पारदर्शिता कायम गरी भ्रष्टाचार, दण्डहिनता अन्त्यका लागि सबै दल लाग्नुपर्नेमा जोड दिनु भयो।

सम्मानित पूर्वप्रधानन्यायाधीश श्रेष्ठले लोकतन्त्र र सङ्घीयतामा सर्वसाधारण नागरिकले लाभ र उपलब्धि पाउनु पर्ने बताउनु भयो । त्यसको लागि लोकतन्त्रमा नागरिकका समस्याप्रति दल गम्भीर हुनु पर्नेमा जोड दिनु भयो ।श्रेष्ठले संविधानमा देखिएका अप्ठ्याराहरुका लागि अब संविधान पुनरावलोकन पनि गर्न सकिने बताउनु भयो ।

संविधान जतिसुकै राम्रो लेखे पनि कार्यान्वयनबाट जनताले पाउने हक भनेको सेवा, सुरक्षा र विकास हुने पर्नेमा उहाँले जोड दिनु भयो।विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगीकरण, सञ्चार, शैक्षिक, पूर्वाधार विकास तथा राजनीतिक क्षेत्रमा कृष्णप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नु भयो।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) को आयुक्त हुन्।प्रधानन्यायाधीशबाट अवकाशपछि श्रेष्ठ २०७३ पुसमा पहिलो पटक आयुक्तमा निर्वाचित हुनु भएको थियो।दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि श्रेष्ठ २०७८ मा आयुक्तमा पुन निर्वाचित हुनु भएको हो ।

श्रेष्ठलाई क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशित गरेको ‘टावरिङ जजेज्ः अ कम्प्यारेटिभ स्टडी अफ कन्स्टिच्युसनल जजेज्’ पुस्तकमा विभिन्न १४ देशका पछिल्लो शताब्दीका १९ जना असाधारण नामी प्रधानन्यायाधीशहरूसँगै ‘टावरिङ जजेज्’को सूचीमा सूचीकृत गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung