२२ बैशाख २०८१, शनिबार

 

आगजनी गरि फरार विकलाई रुपन्देहीबाट पक्राउ

बागलुङ । बागलुङ नगरपालिका – ७, मुलपानीको एक घरमा आगजनी गरेर फरार भएका प्रेम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका – ७, मुलपानीका रमेश राज पाण्डेको घरमा आगो लगाई फरार भएका बागलुङ जिल्ला बडिगाड गाउँपालिका – ३, सिसाखानी घर भई हाल बागलुङ नगरपालिका – ३, गहते बस्ने प्रेम बहादुर विक (प्रतेल) लाई प्रहरी रुपन्देहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनु भयो ।

आगलागीबाट १९ लाख ५० हजारको नोक्सानी भएको थियो । पक्राउ परेका अभियुक्त विकलाइ जिल्ला अदालत बागलुङमा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्