२२ बैशाख २०८१, शनिबार

 

सुनौलो बागलुङद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र ट्युमर पीडित छेत्रीलाई ३० हजार सहयोग

बागलुङ । सुनौलो बागलुङ संस्थाद्वारा जैमिनी नगरपालिकाको दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

जैमिनी नगरपालिका-३ उपल्लो दमेकस्थित दुर्गा प्राविमा १० जना विद्यार्थी शैक्षिक सामग्री सहयोग गरेको अध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो ।

सोही स्थानका लिभरमा ट्युमर भएका ७ वर्षका समृद्धि छेत्रीलाई पनि ३० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । यस्तै जैमिनी नगरपालिका(२ का दुई विपन्न परिवार तुलसी दर्जी र दुर्गा बहादुर दर्जिको परिवारलाई १५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ ।

देउसि भैलो मार्फत संकलित रकम सहयोग गरिएको अध्यक्ष प्रतेलले जानकारी दिनुभयो । कार्यक्रममा जैमिनी नगरपालिका -३ का वडा अध्यक्ष कृष्ण भुजेलले संस्थाले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै यस्ता मानविय कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

दुर्गा प्राविका प्रअ कृष्ण क्षेत्रीले सुनौलो बागलुङ संस्था गरेको सहयोग ले विद्यार्थीहरुको पठनपाठनलाई सहयोग पुग्ने बताइन् ।

सल्लाहकार विक्रम थापा र संस्थाका प्रेस सल्लाहकार विजय रानाले संस्थाले निरन्तर रुपमा दिनदुखीलाई सहयोग पुर्याउदै आएकोमा आगामी दिनमा पनि प्रभावकारी रुप सहयोग अभियान अगाडि बढाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्