२० बैशाख २०८१, बिहीबार

 

प्रेस चौतारी कप : उपाधिका लागि चिल्ड्रेन लाईफ र अमर आदर्श भिड्‌दै

बागलुङ। ‘प्रेस चौतारी कप–२०८०’ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग स्कुल र अमर आदर्श आवासिय माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आयोजनामा बागलुङ बजारको बाङगेचौरमा जारी प्रतियोगिताको आईतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन लाईफले आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयलाई ३–० र दोस्रो सेमिफाइनल खेलमा अमर आदर्श आवासिय माध्यमिक विद्यालयले फ्युचर ब्राइटर बोडिङ्ग स्कुललाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

चिल्ड्रेन लाईफलाई फाइनलमा पु¥याउन खेलको कप्तान विविध थापाले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा थम्मन थापाको गोलबाट अग्रता दोब्बर बनाएको चिल्ड्रेनको लागि ४६ औं मिनेटमा प्रमोद थापाले गोल गर्दै फाइनल यात्रा पक्का गरेका थिए ।

यस्तै हेन्सन बोहोराको गोलको मद्धतमा अमर आदर्श फाइनलमा पुगेको छ । हेन्सनले खेलको ३० औं मिनेटमा गरेको गोलनै निर्णयक गोल बन्यो ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको फाइनल भोली ९सोमबार० दिउँसो १ बजे हुनेछ ।

प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछभने उपविजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

यस्तै सर्वोत्कृष्ट खेलाडी सहित विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने प्रेस चौतारी नेपाल बागलुङकी अध्यक्ष सृजना पन्तले जनाएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्