१६ बैशाख २०८१, आईतवार

 

माओवादी केन्द्रको मस्यौदा विधानमाथि बागलुङमा सुझाव संकलन सुरु

बागलुङ । नेकपा माओवादी केन्द्र जिल्ला समिति बागलुङले पार्टीको प्रस्तावित विधान मस्यौदामाथि सुझाव संकलन गर्न थालेको छ ।

मंगलबार बागलुङ बजारमा दशै वटै पालिकाका अध्यक्षहरुलाई भेला गरि सुझाव संकलन गरेको हो । छलफल कार्यक्रममा पालिकाका अध्यक्ष र जनवर्गिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा टिपोट समितिका संयोजक प्रेम थापा र सदस्य गगन बहादुर पुन मगरले मस्यौदामाथि टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा सागर, गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे र जिल्ला ईन्चार्ज बलावती शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र जिल्ला संयोजक राजिव घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्