१६ कार्तिक २०८३, आईतवार

 

बागलुङमा आमा सेमिनार

बागलुङ । बागलुङमा मंगलबार आमा सेमिनार गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघ बागलुङको आयोजना र मानव सेवा आश्रमको सहकार्यमा आमा सेमिनार आयोजना गरिएको हो।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफूलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन–मनमा पुर्‍याउने उद्देश्यले सेमिनार आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले सन्तानले जिम्मेवारी वोध नगर्दा धेरै बुबा आमा सडक तथा आश्रममा पुग्नु सबैभन्दा दुर्भाग्य भएको बताउनु भयो ।

समाजमा सकारात्मक रुपान्तरणमाको लागि मानव सेवा आश्रमको अभियान र मानविय कर्ममा जुटेकाहरुको प्रयास तथा आमा सेमिनार अहिलेको आवश्यता अनुसारको अभियना भएकोले यसमा प्रदेश सरकारको पूर्ण साथ रहेको बताउनु भयो । समाजमा सकारात्मक रुपान्तरणको लागि यस्ता कार्यक्रमलाई घर घर लान जरुरी भएको धारणा राख्नु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष अमर थापाले मातृत्व र मातृभूमि प्रतिको दायित्ववोध गराउन मानवसेवा आश्रमसँगको सहकार्यमा संघले आमा सेमिनार गरि मानवता, राष्ट्रियता, परोपकार, र आफूलाई जन्मदिने माता पिता र मातृभूमिप्रतिको महत्वबोध गराएको बताउनु भयो ।

सेमिनारमा मानव सेवा अश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आमाको महत्त्व र महिमा, सन्तानको जिम्मेवारी र सामाजिक दायित्वको विषयमा सहजिकरण गर्नु भएको थियो ।

परिवारबाट अपहेलित हुनुपर्दा अहिले कतिपय बुबाआमा सडक पेटीमा पुग्नुपरेको, घरभित्रै खुम्चिएर बस्नु परेको र कतिपयले आत्महत्याको प्रयास समेत गरेको सत्य घटनाहरु अधिकारीले आफ्नो प्रस्तुतीको क्रममा सुनाउँदै आमा बुबा प्रतिको स्नेह र सम्मानको महत्व दर्शाउनका लागि आमा सेमिनार आयोजना गरिएको अधिकारीको भनाई छ ।

सेमिनार जन्मदिने आमा बुबा, शिक्षा दिने गुरु र मातृभूमिको महत्वबारे अधिकारीले स्मरण गराउदै श्रृष्टिकर्ता आमा, बुबा अनि मातृभूमि भन्दा ठूलो र महान कोही छैनन् भन्ने विभिन्न उदाहरण र वृत्तचित्रसहित सहजिकरण गर्नु भएको थियो ।

देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरि सेवा गरिरहेको आश्रमको अभियानलाई सहयोग गर्न जिल्लास्थित जनप्रतिनिधि, सरोकारवाला, नागरिक समाजका अगुवा, उद्योगि, व्यवसायी, सामाजिक संघ सस्था,शिक्षक, विद्यार्थी लगायतलाई लक्षित गरि सेमिनार आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनु भयो ।

विएसआर फिल्म हलमा सम्पन्न उक्त आमा सेमिनार निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेललेको अध्यक्षता उप महासचिव इन्द्रमणि पौडेल अर्जुनको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung