बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले मानव सेवा आश्रमलाई सरसफार्ईको सामानहरु फिनेल, साबुन, हारपिक, स्यानिटरी प्याड शनिबार उपलब्ध गराउनु भएको छ ।
अध्यक्ष श्रेष्ठले २५ हजारको सामान मानव सेवा आश्रम बागलुङ शाखाकी प्रमुख विपना तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।
अध्यक्ष रसुमिला श्रेष्ठले आश्रमको विकासको लागि भविष्यमा पनि निरन्तर सहयोग जारी रहने बताइन् ।
कार्यक्रममा बागलुङ महिला समाज कल्याण केन्द्रकी अध्यक्ष मिला राजभण्डारीले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन मानव सेवा आश्रम बागलुङ शाखाकी प्रमुख विपना तामाङले गर्नु भएको थियो ।





















































































































































































































