१४ कार्तिक २०८३, शुक्रबार

 

जेष्ठ नागरिक जिल्ला संघ बागलुङको अध्यक्षमा श्रेष्ठ

बागलुङ । जेष्ठ नागरिक जिल्ला संघ बागलुङको अध्यक्षमा चिरञ्जीवी कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

शनिबार बागलुङ बजारमा सम्पन्न संघको एघारौं साधारणसभा तथा चौथौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो ।

समितिको उपाध्यक्षमा महेन्द्र सिंह रायमाझी, सचिवमा बद्री प्रसाद पौडेल, कोषाध्यक्षमा खिम राम शर्मा, सदस्यहरुमा गोपाल बहादुर खड्का, दल बहादुर खड्का, दुृर्गा बहादुर आचार्य, माधव प्रसाद शर्मा, वेद प्रसाद शर्मा पौडेल, विष्णु कुमारी खत्री, सहनसिला श्रेष्ठ, निर्वतमान अध्यक्ष लालचन्द्र राजभण्डारी रहनु भएको छ ।

कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल र बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा उपाध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठले संस्थाको गतिविधि बारेमा जानकारी दिनु भएको थियो भने सचिव हरि सुवेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष टेक नारायण शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, स्वागत कार्यसमितिका सदस्य महेन्द्र सिंह रायमाझीले र सचिव हरि सुवेदीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung