बागलुङ । लायन्स क्लब इन्टरनेसल डिष्ट्रिक ३२५ के नेपाल अन्तर्गत कलष्टर नं ९ रिजन १८ र रिजन १९ को जोन ३८, ३९, ४० को तेस्रो जोन मिटिङ सम्पन्न भएको छ ।
सोमबार बागलुङ बजारमा लायन्स क्लब अफ धौलागिरि बागलुङ, लायन्स क्लब अफ बागलुङ युनियन र लायन्स क्लब अफ बागलुङ प्रोफेसनलको आयोजनामा मिटिङ सम्पन्न भएको थियो ।
कार्यक्रममा जिएमए चिफ दुर्गा कुँवर, डिपार्टमेन्ट चिफ कविता बस्नेत, कलष्टर चिफ ताल बहादुर कुँवर, रिजन चियर पर्सन केशव सापकोटा, जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो।

मिटिङमा लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष धना सुनार, लायन्स क्लब अफ बागलु«ङ ब्लुसिपका अध्यक्ष इन्द्र बहादुर थापा, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका कोषाध्यक्ष सृजना श्रेष्ठ, लायन्स क्लब अफ बागलुङका अध्यक्ष सूर्य चापागाईं, लायन्स क्लब अफ बागलुङ कालिगण्डकीका अध्यक्ष शेखर खड्का, लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष प्रेम लामिछाने, लायन्स क्लब अफ बागलुङ भगवतीका अध्यक्ष डिल्ली राज आचार्य, लायन्स क्लब अफ बागलुङ आवाजका अध्यक्ष शान्ती ज्ञवाली, लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका प्रथम उपाध्यक्ष दिनेश अधिकारीले क्लबको प्रगति प्रतिवेदनसहित आगामी कार्यक्रमको बारेमा रिर्पोटिङ गर्नु भएको थियो ।
कार्यक्रम जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठको अध्यक्षता, जोन चियर पर्सन राजु गौतमको स्वागत र जोन चियर पर्सन नारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































