१६ बैशाख २०८१, आईतवार

 

तेस्रो चिल्ड्रेन लाइफ कपको उपाधि आयोजकलाई

बागलुङ । तेस्रो ‘चिल्ड्रेन लाइफ कप’ फुटबलको उपाधि चिल्ड्रेन लाइफ आवासीय मावि ‘निलो’ले जितेको छ ।

चिल्ड्रेन लाइफ स्पोर्ट्स क्लबले माध्यमिक विद्यालयस्तरीय फुटबल खेल आयोजना गरेको थियो । खेलमा १० टिम सहभागी थिए ।

आइतबार यहाँको बाङगेचउर खेल मैदानमा भएको प्रतियोगितामा चिल्ड्रेन लाइफले विद्यामन्दिर माविलाई ०-१ गोलले पराजित गरेको हो । चिल्ड्रेन लाइफका कप्तान बिविध थापाले दोस्रो हाफको ४ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै उसले ४४ हजार ४ सय ४४ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । विद्यामन्दिरले २२ हजार २ सय २२ रुपैयाँमा चित्त बुझायो ।

पहिलो हाफ बराबरी खेले पनि विद्यामन्दिरले चिल्ड्रेन लाइफलाई दबाबमा राखेको थियो । डि एरिया नजिकैको पाएको फ्रि किकको सदुपयोग गर्दै चिल्ड्रेनका थापाले गोल गर्न सकेका हुन् । पहिलो पटक फाइनल पुगेको विद्यामन्दिरले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।

तीनवटा संस्करणमा चिल्ड्रेनले दोस्रो पटक जित निकालेको हो । पहिलो संस्करण जितेको चिल्ड्रेन लाइफ गत वर्षको दोस्रो संस्करणमा भने अमर आदर्श आवासीय माविसँग पराजित भएको थियो । तेस्रो कप पुनस् आफ्नो पोल्टामा ल्याउन सफल भयो ।

फाइनल प्रवेशका लागि शनिबार भएको खेलमा चिल्ड्रेन लाइफले फ्युचर ब्राइटर आवासीय माविलाई ०-२ गोलले पराजित गरेको थियो भने विद्यामन्दिरले ट्राइबेकरमा न्यु ओएसिस आवासीय माविलाई ५–४ गोल अन्तरले पराजित गरेको थियो ।

तस्बिर ढोरपाटनबाट

प्रतिक्रिया दिनुहोस्