२१ बैशाख २०८१, शुक्रबार

 

रोटरी क्लब अफ बागलुङद्वारा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ । रोटरी क्लब अफ बागलुङले रोटरी क्लब स्थापना भएको ११९ औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न तथा सरसफाइको सामग्री उपलब्ध गराएको छ ।

खाद्यान्न तथा सरसफाइ सामग्री मानव सेवा आश्रम बागलुङ शाखाकी प्रमुख विपना तामाङलाई क्लबका अध्यक्ष घिमिरेले हस्तान्तरण गर्नु भएको थियो ।

रोटरी क्लब अफ बागलुङका अध्यक्ष दीपेन्द्र घिमिरेले आफ्नो क्लबको स्थापना अवसरमा आश्रमलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । रोट्रयाक क्लब अफ बागलुङकी अध्यक्ष सुस्मिता केसी, रोटरी क्लब अफ बागलुङकी पूर्वअध्यक्ष लक्ष्मी जिसी कार्कीले मन्तव्य व्यक्त गरेकी थिइन् ।

रोटरी क्लब अफ बागलुङले सदस्यको नेतृत्व विकासका साथै जनस्वास्थ्य, शिक्षा, सामाजिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्