३ जेष्ठ २०८१, बिहीबार

 

यो शान्ति भूमिलाई खलबल्याउन खोज्ने तत्वबाट हामी सचेत बन्नुपर्छ : ओली

बागलुङ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी रहेको बताउनु भएको छ।

बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा बोल्दै ओलीले ‘वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक स्थलको संरक्षण’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नु भएको हो । नेपालमा बेदको रचना भएको, बुद्ध जन्मेको, राम र सीताको जन्म भएको र शिवपार्वतीको निवास भएकोले धार्मिक क्षेत्रको रुपमा परिचित भएको ओलीको भनाई थियो।

‘नेपाल देव भूमि, ज्ञान भूमि, तपो भूमि, ध्यान भूमि र पुण्य भूमि हो,’ ‘यो शान्ति भूमिलाई खलबल्याउन खोज्ने तत्वबाट हामी सचेत बन्नुपर्छ ।’ पछिल्लो समय राजनीतिमा समेत धार्मिक समूह र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको ओलीको आरोप छ ।

सनातन धर्मको रक्षाका लागि काम गर्न सरकार र राज्य व्यवस्था तयार हुनुपर्ने, महायज्ञले विश्वकै शान्तिको कामना गरेको भन्दै महायज्ञका संकल्पकर्ता कमलनयनाचार्यको प्रशंसा गर्नु भएको थियो ।

‘स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट हामी सचेत हुन जरुरी छ,’उहाँले भन्नु भयो, ‘मूर्ति चोरिए, उपदेश च्यातिए पनि सत्यकुरा टिकेको छ ।’२६ सय वर्षदेखि बुद्धका उपदेश अझै सार्न्दभिक भएको, सनातन धर्मका मूल्य मान्यताहरु अझै उपयोगी भएको उहाँको भनाइ थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्