१७ बैशाख २०८१, सोमबार

 

अर्ना दोश्रो बागलुङ जेसीज कप प्रतियोगिता फागुन २७ देखि

बागलुङ । अर्ना दोश्रो बागलुङ जेसिज कप फुटबल प्रतियोगिता फागुन २७ देखि हुने भएको छ ।

चैत २ गतेसम्म यहाँको बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुने बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोले जानकारी दिनु भयो ।

बागलुङ जेसिज कप फुटबल प्रतियोगितालाई अर्ना वियरले मुख्य प्रायोजन गरेको बागलुङ जेसीजका पूर्वअध्यक्ष श्रीजय श्रेष्ठले जानकारी दिनु भयो ।

गतवर्षदेखि जेसिजले साबिकको धौलागिरि अञ्चल भित्रका क्लब तथा विभागीय टिमबीच ‘जेसिज कप’ आयोजना गर्दै आएको छ ।

जेसिज कप जित्नेले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । दोश्रो हुनेले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछ । गतबर्षको जेसिज कप नेपाली सेनाको श्रीमेहर गणले जितेको थियो ।

बिहीबार जेसिजले पत्रकार सम्मेलन गरेर फागुनको २७ गतेदेखि खेल सुरु हुने जनाएको हो । खेलमा १५ टिम दर्ता भइसकेका छन् ।

बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षता, महासचिव ताराप्रसाद शर्माको संचालन र कोषाध्यक्ष प्रेमप्रसाद ढकाल ले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङकी सहसचिव सिर्जना पन्तले शुभकामना दिएकी थिइन् ।

तस्बिर आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्