३ असार २०८१, आईतवार

 

स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई श्री राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार प्रदान गरिने

बागलुङ । श्री राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिने भएको छ ।

राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले मंगलबार पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो ।

स्वामीलाई नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीले जानकारी दिनु भयो ।

आगामी जेठ १२ गते पोखरा विश्व विद्यालयका उपकुलपती प्रा डा नारायण अर्यालले पुरस्कार प्रदान गर्ने भएको छ ।

वैदिक सनातन धर्मको संरक्षण, पूर्वीय दर्शनको प्रचार र प्रवद्र्धनमा योगदान पुर्रयाएको भनि यो पुरस्कार प्रदान गर्न लागेको समितिले जनाएको छ ।

प्रत्येक चार चार वर्षमा यो पुरस्कार वितरण गरिने अध्यक्ष राजभण्डारीले बताउनु भयो । कार्यक्रमको सञ्चालनमा समितिका सचिव हरिप्रसाद उपाध्यायले गर्नु भएको थियो ।

राधाकृष्ण मन्दिर सेवा समितिले डा जगमान गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार  र भजन शिरोमणि गायक भक्तराज आचार्यलाई नन्द कला राष्ट्रिय पुरस्कार समर्पण गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्