३ असार २०८१, आईतवार

 

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीलाई अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ । मंगलबार पक्राउ परेका सिरोहियालाई जिल्ला अदालत धनुषाले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिरोहियालाई मंगलबार पक्राउ गरि मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्