बागलुङ । लियो क्लब अफ बागलुङ कालिगण्डकीको आयोजना र लियो क्लब अफ धौलागिरि बागलुङ, लियो क्लब अफ बागलुङ, लियो क्लब अफ पर्वत कुश्मा सिटी र बागलुङ जसीजको सहआयोजनामा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रम ५४ जनाले रक्तदान गरेका छन् । रक्त सञ्चार केन्द्र बागलुङको प्राविधिक सहयोग रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङको कोषाध्यक्ष जीवननाथ शर्मा, जोन चियर पर्सन नारायण आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लियो क्लब अफ बागलुङ कालिगण्डकीका अध्यक्ष सुगम खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।





















































































































































































































