४ श्रावण २०८३, सोमबार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको पदस्थापन कार्यक्रम सम्पन्न

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। वर्ष २०२४ र ०२५ का लागि निर्वाचित अध्यक्ष रन्जिता श्रेष्ठलाई निवर्तमान अध्यक्ष सुनिता श्रेष्ठले पद हस्तान्तरण गर्नु भएको थियो ।

वर्ष २०२४ र २५ का अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो कार्यभार ग्रहण गर्दै आफ्नो कार्यकालमा केही रचनात्मक कार्यक्रमका साथ क्लबलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

श्रेष्ठको नेतृत्वमा यस वर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत व्यक्त गर्दै भावी योजना प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा डिष्ट्रिक कोचिफ कविता बस्नेत, जोन चियर पर्शन जुनु श्रेष्ठले क्लबले नाम अनुसारको काम गर्न सफल भएको भन्दै आगामी दिनमा क्लबलाई अझ उचाइमा पु¥याउनु पर्ने भन्दै क्लबले गर्ने सामाजिक सेवाहरु प्रभावकारी हुने विश्वास व्यक्त गर्दै त्यस्ता नविनतम कार्यहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पहिलो चरको कार्यक्रम वर्ष २०२३ र २०२४ का सुनिता श्रेष्ठको अध्यक्षता र सचिव गिता राजभण्डारी श्रेष्ठको संचालन तथा दोश्रो चरणको कार्यक्रम लयन वर्ष २०२४ र २०२५ का नवनिर्वाचित अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षता र सचिव सृजना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung