५ कार्तिक २०८३, बुधबार

 

बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा बारेमा सरोकारवालसँग अन्तरक्रिया

बागलुङ । बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको तयारी तिव्र पारिएको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका १४ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले तयारी तिव्र पारेको हो ।

तयारीका बारेमा शनिबार विभिन्न राजनीतिक दल, गैरसरकारी सस्था, व्यवसायी लगाएतका सरोकारवालहरुसँग सूचक सहजिकरण सम्वन्धी छलफल तथा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा नगर शिक्षा अधिकारी तथा बालमैत्री फोकल पर्सन धनप्रसाद पोखरेलले २०७९ जेठ ६ गतेदेखि नगरलाई स्थानीय शासनयुक्त नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचक पूरा गर्ने तयारीमा जुटेको बताउनु भयो ।

स्वास्थ्यका सबै सूचकामा शतप्रतिशत नतिजा हासिल भइसकेको र शिक्षा, खानेपानी, बालविवाह, मालमैत्री संरचना, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको व्यवस्थापमा काम गरिरहेको जनाएको पोखरेलले जानकारी दिनु भयो ।

अभियान तीव्र रुपमा चलिरहेको हुँदा एक चालू आर्थिक वर्षको पौष मसान्त भित्रै बालमैत्री नगर घोषणा गर्ने तयारी रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।

अब बाल उद्यान निर्माण, विद्यालयहरुमा अपांग र बालमैत्री पूर्वाधारको निर्माणका काम बाँकी रहेको बालविवाह चुनौतीको रुपमा रहेकोले जनचेतनाका कार्यक्रम अघि बढीरहेको जानकारी दिनु भयो ।

बागलुङ बजार लगाएत केही वडाहरुमा स्वच्छ खानेपानीको अभाव रहेकोले स्वच्छ पानीको सुनिश्चितता हुनु पर्नेमा नगरपालिका प्रतिवद्ध भएर काम गरेको बताउनु भयो।

‘बालमैत्री नगर बनाउन चाहिने सूचकमध्ये केही अधिकांश पूरा गरिसकेका र केही पूरा गर्ने तयारीमा रहेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

केही पुराना संरचना बालमैत्री नभएको र सुधार गर्न सक्नेलाई बालमैत्री बनाउने तथा नगरपालिकाले नयाँ निर्माण गर्ने संरचना बालमैत्री बन्ने गरी कार्यक्रमहरु गरिरहेको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागि सरोकारवालाहरुले सामाजिक मूल्य मान्यता बजेट र भूगोलको कारण नगर बनाउन घोषणा गर्न चुनौती नै रहेको भएपनि सबैले सहकार्यले सफल हुने बताएका थिए ।

विभिन्न वडामा अझैसम्म पनि शौचालन नभएको, सामुदायिक विद्यालयमा शौचालन, सावुनपानी नभएको कुलतमा परेका बालबालिकाको लागि सुधारगृहको अभाव रहेको, विद्यालयमा पूर्वाधार समस्या रहेकोले तथ्य, तथ्याङकमा काम गरेर मात्रै नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बागलुङमा क्रियाशिल चारचारे युवा क्लव, विवाइसी बागलुङ, नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशन, डिआइआरडिसी लगाएतका गैरसरकारी सस्थाले नगरपालिकाको अभियानमा खानेपानी, शौचालन , विद्यालयका भौतिक संरचना निर्माण लगाएका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बालबालिकाको शिक्षा, स्वास्थ्य, पूर्णखोप, स्तनपान, पोषण, बालमैत्री भौतिक संरचना, सामाजिक क्रियाकलापमा बाल सहभागिता, बालश्रम र बालविवाह अन्त्यलगायतका ५१ सूचक पूरा गरेमा नगरपालिका बालमैत्री घोषणा गर्न मिल्ने राष्ट्रिय मापदण्ड रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ एवं स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्दिष्ट गरेको ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा शतप्रतिशत उपलब्धि र ६ वटा सूचकमा ९५ प्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रावधान छ ।

यस्तै ६ वटा सूचकमा ८० प्रतिशत र एउटा सूचकमा ९० प्रतिशत नतिजा प्राप्त गरेमा बालमैत्री नगर घोषणा गर्न सकिन्छ ।

कार्यक्रम नगर स्तरिय बाल संजालका अध्यक्ष अनुसा कँडेलको अध्यक्षता र नगर शिक्षा अधिकारी तथा बालमैत्री फोकल पर्सन धनप्रसाद पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung