२ कार्तिक २०८३, आईतवार

 

रोटरी क्लब अफ ज्ञानेश्वरको पदस्थापना कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ ज्ञानेश्वरको तेस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा रोटरी क्लबका पूृर्व गर्भनर चिन्तामणि भट्टराई, पूर्व अध्यक्ष लेलिना भट्टरार्ई संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठ र रोटरी क्लब अफ ज्ञानेश्वरका अध्यक्ष निलम यमजनले मन्तव्य वक्त गर्नु भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापना गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लब एडमिन आकृति भट्टराईले गर्नु भएको थियो ।

रोटरी क्लब अफ ज्ञानेश्वर स्थापना कालदेखि सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासमा केन्द्रीत हुनुको साथै शैक्षिक, जनस्वास्थ्य, मानविय र सामाजिक सेवामा सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung