९ कार्तिक २०८३, आईतवार

 

विज्ञान र व्यवस्थापन संकायको कक्षा १२ को परीक्षामा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी उत्कृष्ट

बागलुङ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को विज्ञान संकाय र व्यवस्थापन संकायको परीक्षामा बागलुङ नगरपालिका-१ रामरेखाको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरु उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले लिएको २०८० को परीक्षामा सहभागी १ सय १७ जनामध्ये विज्ञान संकायका ४४ जना र व्यवस्थापन संकायका ७३ जना विद्यार्थीले उत्कृष्ट नतिजा सहित उत्तिर्ण भएका हुन् ।

परीक्षामा सहभागि मध्ये ७ जना विद्यार्थीहरुले ३.६० देखि ४.०० जिपिए ल्याएर छन् भने ६२ जना विद्यार्थीहरुले ३.२० देखि ३.६० जिपिए ल्याएका छन् ।

साथै ४६ जना विद्यार्थीहरुले २.८० देखि ३.२० जिपिए ल्याएका छन् भने २ जना विद्यार्थीहरुले २.४० देखि २.८० जिपिए ल्याएर उत्तिर्ण भएको विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

विद्यालयले मेहनति शिक्षकहरुको व्यवस्था गरेर अध्यापन गराउने भएकोले हरेक परीक्षामा राम्रो नतिजा आउने गरेको विद्यालयले जनाएको छ ।

मनोवैज्ञानिक ढंगले अग्रेजी माध्यमबाट पढाई, गुणस्तरीय शिक्षा, राम्रो सिकाई उपलब्धी र सर्वोत्कृट शैक्षिक नतिजा आउने भएकोले धेरै विद्यार्थी र अभिभावकहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलले बताउनु भयो ।

विसं २०६३ सालमा पुनसंञ्चालनमा आएको यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म १६ सय २२ जना विद्यार्थीहरु अध्ययरत छन् भने १ सय २६ जना शिक्षक र कर्मचारीहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung