९ कार्तिक २०८३, आईतवार

 

कक्षा १२ को परीक्षामा ग्लोबल कलेज अफ म्यानेजमेन्टका ईश्वर कँडेल र दिवश अधिकारी नेपाल प्रथम

बागलुङ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को व्यवस्थापन संकायको परीक्षामा विद्यार्थीहरु ईश्वर कँडेल र दिवश अधिकारी नेपाल प्रथम भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले लिएको २०८० को परीक्षामा ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट सहभागी कँडेल र अधिकारीले ३.९६ जिपिए ल्याएर नेपाल प्रथम भएको प्रिन्सिपल अब्बा दत्त जोशीले नयाँ विश्वलाई बताउनु भयो ।

यस कलेजबाट ९ सय ७० जनाले परीक्षा दिएकोमा ९९ प्रतिशत विद्यार्थीहरु उत्कृष्ट अंक ल्याएर उत्तिर्ण भएका छन् ।

कलेजको राम्रो शैक्षिक वातावरण, मेहनती शिक्षकको साथ, अभिभावको प्रोत्साहन, निरन्तर अध्ययन, अभ्यास र कठोर मेहनतका कारण आफू नेपाल प्रथम हुन सफल भएको ईश्वर कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।

बागलुङ काठेखोला गाउँपालिका-६ विहुँ , हटिया जन्म घर भइ हाल काठमाडौंको सुन्धारा बस्ने कँडेल बुबा देवी प्रसाद कँडेल र आमा दुर्गा कँडेलका छोरा हुन् । उनले भविष्यमा सिए पढेर चार्टड एकाउन्टर बन्ने लक्ष्य लिएका छन् ।

मेहनति शिक्षकहरु राखेर अध्यापन हुने भएकोले विद्यार्थीहरुले यस कलेजबाट परीक्षामा राम्रो नतिजा निकाल्ने गरेका छन् ।

त्यसैले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो कलेज पर्ने गरेको प्रोगाम कोडिनेटर प्रज्वल श्रेष्ठले बताउनु भयो ।

मनोवैज्ञानिक ढंगले अग्रेजी माध्यमबाट पढाई, गुणस्तरीय शिक्षा, राम्रो सिकाई उपलब्धी र सर्वोत्कृट शैक्षिक नतिजा यस विद्यालयका विशेषताहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung