बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकको सुरक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङ र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका-३ गुठिको संयुक्त आयोजनामा जेष्ठ नागरिकहरु संगको अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी उपरीक्षक ऋषिराम कँडेलले समाजमा नयाँ पुस्ताको लागि जेष्ठ नागरिकको महत्व ज्यादै भएको, उनीहरुको अनुभव र अभ्यास पनि लाभदायक भएको बताउनु भयो ।
उनले जेष्ठ नागरिकको सुरक्षाको बारेमा सबै सरोकारवालाहरु सचेत हुनु पर्ने बताउनु भयो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका ३ गुठीका अध्यक्ष लिला खड्काले नयाँ पुस्ता, परिवार र समाजको लागि जेष्ठ नागरिकको अभिभावकत्व र उनीहरुको जिवन भरको अनुभव काम लाग्ने बताउनु भयो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुले आफनो अनुभव र अहिले भोग्नु परेको समस्याको बारेमा बताउनु भयो ।
वार्षिकोत्सको उपलक्ष्यमा बागलुङ नगरपालिका-४ कुँडुलेस्थित कुँडुले माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक र सामग्री मानव सेवा आश्रम बागलुङमा आश्रम लिएर बस्नु भएका अपाङ्ग, अशक्त र सहयोगापेक्षी मानवहरुलाई फलफूल वितरण गरिएको थियो ।



















































































































































































































