बागलुङ । लायन्स क्लब अफ बागलुङ गौरीधामको चार्टर डे विभिन्न कार्यक्रम गरी मनाएको छ ।
चार्टर डेको उपलक्ष्यमा गौरीधाम मन्दिरको भजन समूहका महिलाहरुलाई अभिमुखीकरण तालिम, बडिगाडको पहिरोपीडितलाई ४३ हजार ९ सय रुपैयाँ बराबरको राहत र ब्रेन क्यान्सर पीडित राजु केसीलाई १६ हजार आर्थिक सहयोय गरिएको रिजन चियर पर्सन गणेश लम्सालले नयाँ विश्वलाई बताउनु भयो ।
महिलाहरुलाई प्रशिक्षण क्लब एक्टेशन चिफ नरेश कँडेलले दिनु भएको थियो ।
कार्यक्रममा बागलुङ नगरपाकिाल ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, क्लब एक्टेशन चिफ नरेश कँडेल, रिजन चियर पर्सन गणेश लम्साल र धौलागिरि एरिया चिफ चन्द्र राज रेग्मीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ गौरीधामकी अध्यक्ष कमला पराजुलीको अध्यक्षता, संस्थापक अध्यक्ष उषा पौडेलको स्वागत र सचिव सरिता गौतम खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ बागलुङ गौरीधाम स्थापना कालदेखि सदस्यहरुको नेतृत्व विकासका साथै शैक्षिक, धार्मिक, मानविय र सामाजिक सेवामा क्रियाशिल छ ।




















































































































































































































