२ कार्तिक २०८३, आईतवार

 

गलकोट सेवा समाज बागलुङको अध्यक्षमा ललिता थापा

बागलुङ । गलकोट सेवा समाज बागलुङको २२ औँ साधारणसभा तथा छैठौं अधिवेशनले ललिता थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

शनिबार समाजको बागलुङ बजारमा भएको अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्माण गरेको निर्वाचन संयोजक प्रा. भक्तिराम न्यौपानेले जानाकारी दिनु भयो ।

समितिको उपाध्यक्षमा कविता वस्नेत ,सचिवमा पुर्णबहादुर खडका ,सहसचिवमा कोपिला खत्री, कोषाध्यक्षमा कल्पना थापा रहनु भएको छ । साथै सदस्यहरुमा इन्द्रबहादुर खत्री, भिमबहादुर कार्की, यामबहादुर थापा, अनिशा विक, ज्ञानु थापा र लालसिंह बस्नेत रहनु भएको छ ।

कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा, अन्तराष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलु थापा, बागलुङ गलकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ऐलिजा गौतम र समाजको महिला उपसमिति संयोजक हुमा खड्काले मन्तव्य व्यक्त्त गरेका थिए ।

कार्यक्रम गलकोट सेवा समाज बागलुङका अध्यक्ष राज थापाको अध्यक्षता, उपाध्यक्ष हरिलाल सुवेदीको स्वागत र सचिव पूर्णबहादुर खड्को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung