बागलुङ । बागलुङ पर्वत जोड्ने गण्डकी गोल्डेन वृजबाट हामफालेर १७ वर्षीय किशोरी वेपत्ता भएकी छिन् ।
मंगलबार धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा तारा अदै पुलबाट हामफालेर वेपत्ता भएकी हुन ।
ढोरपाटन नगरपालिका-७ बोबाङ घर भएकी अदैले पुलबाट हामफालेको सूचना प्रहरीले साँझ ६ बजेर २५ मिनेटमा पाएका थिए ।
बेपत्ता भएकी अदैको खोजी कार्यको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
५ बजेर ५ मिनेट जादा विद्यार्थी अदै विद्यालयको पर्खालबाट भागेर पुलबाट हामफालेको विद्यालयका प्रधानाध्यापक रेशमबहादुर श्रीसले जानकारी दिनु भयो ।
होस्टेलका ईन्चार्ज खिमा थापा र नारायण श्रीसले विद्यार्थी अदैलाई बचाउन खोज्दा पनि असफल भएको र घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रधानाध्यापक श्रीसले बताउनु भयो ।



















































































































































































































