बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले फोक्सोका विरामी दुर्गा श्रीसलाई खाद्यान्न सहयोग गरेको छ ।
शनिबार अखिल नेपाल ट्रेड युनियन बागलुङका पूर्व अध्यक्ष ,निर्माण मजदुर संघका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय बागलुङको पूर्व सचिवालय सदस्य श्रीसलाई व्यापार संगठनले ५ हजार ५ सय २५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।
उनलाई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुृङका संयोजक राजिव घिमिरे, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, महिला उद्यमी संयोजक ललिता थापा र नेकपा माओवादी केन्द्र बागलुङ नगरपालिका २ का अध्यक्ष सुन्दरी श्रेष्ठले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
दैनिक ज्यालादारीमा काम गर्दै जिविको पार्जन गर्दै आएका श्रीस विरामी भएपछि समस्यामा परेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुृङका संयोजक राजिव घिमिरे, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल र नेकपा माओवादी केन्द्र बागलुङ नगरपालिका-२ का अध्यक्ष सुन्दरी श्रेष्ठले श्रीसको स्वास्थ्य उपचारमा र छोरा सक्षम श्रीसको उच्च शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
दुर्गा श्रीसको छोरा सक्षम श्रीसलाई व्यापार संगठनले कक्षा १२ सम्म विद्यामन्दिर माध्यमिक विद्यालयमा निशुल्क पढाई दिने भएको छ ।
गलकोट नगरपालिका-११ रिघा गाउँमा जन्मिएका श्रीस भारतको एकता समाजमा आवद्ध थिए ।
उनको टोलि २०६४ सालमा पहिलो संविधान सभाको चुनाव अघि भारतबाट संगठन निर्माणको लागि रोल्पा आएका थिए । पछि श्रीस मजदुर संगठनको जिम्मेवारी लिएर रोल्पाबाट बागलुङ आएका थिए ।
विरामी भएर श्रीस धौलागिरि अस्पतालमा भर्ना भएको बेला उपचारको लागि अस्पताल विकास समितिका सदस्यहरु धनमाया शर्मा र गगनबहादुर पुन मगरले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रम नेपाल राष्ट्रिय व्यापार उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता र संगठनका उपाध्यक्ष प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


























































































































































































































