बागलुङ । पर्वत, जलजला गाउँपालिका-८ खनियाघाटस्थित श्री तारा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ।
विद्यालयका २५ जना विद्यार्थीलाई पुग्ने गरी चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको चिल्ड्रेन लाइफ युवा रेडक्रस सर्कलका विद्यार्थीहरुले ३० हजार रुपैयाँको पोशाक वितरण गरेको हो ।
ती सामग्री चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, युवा रेडक्रस सर्कलका अध्यक्ष नकुल गिरी, खनियाघाट टोल विकास समितिका अध्यक्ष गगनबहादुर महत, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, श्री तारा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर महत, प्रधानाध्यापक नारायण प्रसाद रेग्मीले २५ जना विद्यार्थीलाई पोशाक वितरण गरेका हुन ।
ओझेलमा परेको विद्यालय र आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई पहिचान गरी विद्यालय पोशाक सहयोग गरेको प्रिन्सिपल नवराज श्रेष्ठ बताउनु भयो ।
गाउँघरका विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउन पोशाक हस्तान्तरण गरेको अध्यक्ष नकुल गिरीले बताउनु भयो।कार्यक्रममा युवा रेडक्रस सर्कलका सदस्य प्रमिशा केसी, खनियाघाट टोल विकास समितिका अध्यक्ष गगनबहादुर महत, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, श्री तारा आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद रेग्मीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम श्री तारा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर महतको अध्यक्षता र शिक्षक शोभा देवी केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
विसं २०३४ सालमा स्थापना भएको यस विद्यालयमा तीन जना शिक्षक र एक जना सहयोगी कार्यरत छन् ।





























































































































































































































