काठमाडौं । क्याम्पसमा अध्ययन गर्ने आम विद्यार्थीको ज्ञान पुस्तकमा मात्रै सिमित भएको भनी आलोचना भइरहेको बेला काठमाडौं बानेश्वरको एस इन्टिच्युट अफ म्यानेजमेन्टमा अध्ययन गर्ने विद्यार्थीहरुले सृजनात्मक कार्य गरेर ज्ञानलाई व्यवहारमा उर्तान लागेका छन् ।
देशमा कुनै संभावना र भविष्य छैन भन्ने नकारात्मक आवाज उठिरहेको समयमा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले असोज ५ गतेदेखि १२ गतेसम्म इन्टर कलेज इभेन्ट गर्न लागेको आयोजकका सदस्य वविस पौडेलले बताउनु भयो ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसे एक्सप्रेस २०२४ ले विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने जानकारी गराएको हो ।
देशभरका प्रतिभाशाली विद्यार्थीहरूबिच व्यान्ड प्रतियोगिता ,नृत्य प्रतियोगिता ,फेसन शो , टीभीसी, डीभीसी ,स्टक सेमुलेसन ,स्ट्रेस इन्टरम्भू ,क्विज, वहस, फोटोग्राफी र चित्रकला प्रतियोगिता गर्न लागेको मिडिया कोडिनेटर आभास राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।
कार्यक्रम समापनको दिन भव्य कन्सर्ट पनि हुने आयोजकले जनाएको छ । जसमा चर्चित कलाकारहरुको प्रस्तुति रहने छ ।
कार्यक्रम आयोजना गर्न ५० लाख रुपैयाँको खर्चको अनुमान गरिएको छ । पाँच सय रुपैयाँको टिकटमा दर्शकले ६ वटा सो हेर्न मिल्ने व्यवस्था रहेको छ ।




















































































































































































































