बागलुङ । बागलुङबाट बेपत्ता भएकी दुई नेपाली किशोरीलाई १४ दिनपछि सकुसल उद्धार गरिएको छ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेश घर भएकी ती किशोरीहरुलाई आफन्त नेपाल र नेपाल प्रहरीको संयुक्त प्रयासमा काँकडभिट्टा र भरतपुरबाट उद्धार गरिएको हो।
रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ १३ गते बिहानदेखि हराएका थिए ।
उनीहरुको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो ।
प्रहरीले सन्ध्यालाई चितवनको एक होटलबाट र अमृतालाई भारततर्फ लैजादै गरेको अवस्थामा झापास्थित आफन्त नेपालले उद्धार गरेको थियो ।
बेपत्ता किशोरीलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका इनिस्पेक्टर प्रताप पौडेलले नयाँ विश्वलाई जानकारी दिनु भयो ।













































































































































































































