४ श्रावण २०८३, सोमबार

 

कालिका–शालग्राम जोड्न शान्ति पदयात्रा

बागलुङ । बागलुङमा पर्यटन दिवसको अवसरमा दूई पर्यटकीय क्षेत्र जोड्न शान्ति पदयात्रा निकालिएको छ ।

४५ औँ विश्व पर्यटन दिवसका अवसरमा बिहीबार शान्ति पदयात्रा गरिएको हो ।

बागलुङ नगर पर्यटन विकास समितिको आयोजनामा प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिरदेखि बागलुङ बजारहुँदै शालग्राम संग्राहलयसम्म शान्ति पदयात्रा गरिएको हो ।

कालिका मन्दिर र शालग्रामलाई जोडेर पर्यटनको विकासका लागि पदयात्रा गरिएको बागलुङ नगर पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

कालिका मन्दिरमा आएका पर्यटकलाई शालग्राम संग्रहालय पु¥याउने पदयात्राको उदेश्य रहेको खड्काको भनाई छ ।

खड्काका अनुसार पछिल्लो समय बिस्तारै बागलुङका पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसार गर्न थालेपछि चर्चामा आउन थालेको खड्काले बताउनुभयो ।

पदयात्रामा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, प्रहरी उपरिक्षक ऋषिराम कँडेल, सुरक्षाकर्मी, पत्रकार, व्यवसायी लगायतको टोलीले पदयात्रा गरेको हो ।

असोज ११ गते विश्वभर ४५ औँ विश्व पर्यटन दिवस मनाइँदैछ । यस अवसरमा नगर पर्यटन विकास समिति बागलुङ नगरले अन्य सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको छ ।

पदयात्रा मार्फत शालग्राम पुगेका पदयात्रीलाई श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले स्वागत गर्नुभएको थियो । उहाँले शालग्रामको प्रचार–प्रसारका लागि पदयात्राले सहयोग पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung