बागलुङ । लायन्स क्लब अफ पिस टाउनले पक्षघात र मुटु रोगबाट पीडित रिता केसीलाई आर्थिक सहयोग गरेको छ ।
बागलुङ नगरपालिका १० भकुण्डे दहकी केसीलाई क्लबले रु १२ हजार ५ सय र अमेरिकाबाट रु ५० हजार २ सय २६ सहयोग संकलन गरि ६२ हजार २ सय २६ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
अमेरिकामा जेनिशा घर्तीले उक्त रकम संकलन गरेर पठाएको क्लबले जनाएको छ ।
केसीले लामो समयदेखि पक्षघात र मुटु रोगको उपचार गरि रहेकी छिन् ।
उनको न्युरो अस्पताल काठमाडौंको बाँसबारीमा भदौको २० मुटुको अप्रेशन भएको थियो ।
सहयोग कार्यक्रममा लायन्स क्लब अफ पिस टाउनकी संस्थापक अध्यक्ष सनिशा घर्ती र रिजन चियन पर्सन गणेश लम्सालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ पिस टाउनकी प्रथम उपाध्यक्ष एलिजा गौतमको अध्यक्षता र सचिव शारदा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ पिस टाउन क्लबका सदस्यहरुको नेतृत्व विकास र सामाजिक सेवामा सक्रिय छ ।




















































































































































































































