बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङ र लियो क्लब अफ धौलागिरि बागलुङको संयुक्त आयोजनामा विजया दशमी, दीपावली, नेपाल संम्वत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा डिष्ट्रिक इन्टरनेशनल रिलेसन अफिसर काजिमान गुरुङ, डिष्ट्रिक चियर पर्सन मुकेशचन्द्र राजभण्डारी, लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतो, द्धितीय उपाध्यक्ष शिव शंकर
साह, तृतीय उपाध्यक्ष मनोज श्रेष्ठ, लियो क्बल अफ धौलागिरि बागलुङका अध्यक्ष सचिन हरिजन, क्षेत्रीय प्रतिनिधि सुगम खड्का, सचेतक विकल्प घर्ती मगर, क्लबका सदस्यहरु विगम आचायर्, सज्जन गौतम, सौगात खड्का र नकुल गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोको अध्यक्षता र लियो क्लब अफ धौलागिरि बागलुङका सचेतक विकल्प घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































