बागलुङ । बाढी प्रभावित परिवारलाई बागलुङ शाक्य खलः काठमाडौंले राहत सामग्री प्रदान गरिएको छ ।
काभ्रे, पनौतिको कलाति भुमिडाँडा-१२ का बाढी प्रभावित ५० परिवारलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको खलःका सचिव कविन्द्र मान शाक्यले बताउनुभयो ।
बाढी प्रभावित परिवारलाई ७० हजार बराबरको राहत उपलब्ध गराइएको बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष युक्त प्रसाद शाक्यले नयाँ विश्वलाई बताउनुभयो ।
बाढी प्रभावित परिवारलाई सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताहरूलाई शाक्य खलःले धन्यवाद दिएको सहसचिव मनोज शाक्यले बताउनुभयो ।
राहत वितरण गर्न भवानी हुमागाईले सहजिकरण गर्नुभएको थियो ।






















































































































































































































