१६ कार्तिक २०८३, आईतवार

 

रक्सि सेवन गरेर छोरा किस्मतको हत्या गरेको खुलासा, केशव पुनलाई कार्तिक दुई गते अदालत पेश गरिने

बागलुङ । रक्सि सेवन गरेर ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा खसालेर हत्या गरेका केशव पुनलाई कार्तिक दुई गते म्याद थपको लागि जिल्ला अदालत बागलुङमा लगिने भएको छ ।

ताराखोला गाउँपालिका-५ औलादी गाउँ घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेर हत्या गरेका थिए ।

पुनलाई जिल्ला अदालत बागलुङबाट पक्राउ अनुमति लिएको र विदा भएकोले  म्याद थपको लागि दुई गते अदालत लगिने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई बताउनुभयो ।

मंगलबार साँझ नै प्रहरी र स्थानीयले किस्मत पुनलाई खोजी गर्दा घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा शव फेला परेको थियो ।

भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung