१९ कार्तिक २०८३, बुधबार

 

नेपाल भाषा मंका: खल: बागलुङको अध्यक्षमा जयराम भारी

बागलुङ । नेपाल भाषा मंका: खल:बागलुङको अध्यक्षमा जयराम भारी सर्वसम्मत चयन हुनु भएको छ ।

शनिबार सम्पन्न खल: को तेह्रौँ साधारण सभा तथा सातौं अधिवेशनले भारीको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मलबहादुर श्रेष्ठ, विदेश कुमार श्रेष्ठ, सचिवमा सुदिप राजभण्डारी, कोषाध्यक्षमा इश्वर प्रसाद मलेपती र सहसचिवमा संजय कुमार श्रेष्ठ चयन भएका छन् ।

साथै सदस्यहरुमा राम प्रसाद श्रेष्ठ, रेनुका राजभण्डारी, गण देवी श्रेष्ठ, नारायण देवी राजभण्डारी, निर्माण कुमार श्रेष्ठ, राजन कुमार शाक्य, जयन्द्र प्रसाद श्रेष्ठ, निरज शाक्य, जय राजभण्डारी, संजिव कुमार श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल भाषा मंका: खल: बागलुङका संस्थापक संयोजक प्रेम छोटा, निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, निर्वाचन समितिका संयोजक अधिवक्ता उत्तम प्रसाद श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता श्रेष्ठले सपथ गराउनु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष भारीलाई खलस्को निर्णय पुस्तिका निर्वतमान अध्यक्ष राजभण्डारीले हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य युक्त जंग राजभण्डारी र अधिवक्ता गोविन्द वझाले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung