१५ कार्तिक २०८३, शनिबार

 

लायन्स क्लब बागलुङ सेयरिङ हेप्पिनेस र मेरी गोल्डद्वारा पञ्चकोटलाई सहयोग

बागलुङ । लायन्स क्लब बागलुङ सेयरिङ हेप्पिनेस र लायन्स क्लब अफ बागलुङ मेरी गोल्डले धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटमा सहयोग गरेको छ ।

लायन्स क्लब बागलुङ सेयरिङ हेप्पिनेस पञ्चकोटस्थित कन्या गुरुकुललाई साउण्ड सिष्टम, तातोपानी तताउने डिस्पेन्सर,स्कूल अडोप्सन र फोहर राख्ने बाल्टिन सहयोग गरेको हो ।

शनिवार भएको कार्यक्रममा अध्यक्ष गीता क्षेत्री पौडेलले गुरुकुलकी अध्यापक गोदा देवी रंगनायिकेलाई उक्त सामग्री हस्तान्तरण गरिन् ।

लायन्स क्लब अफ बागलुङ मेरी गोल्डले धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोट दानपेटिका हस्तान्तरण गरेको छ ।

साथै उक्त क्लबले सरसफाइ सामग्री वितरण समेत गरेको अध्यक्ष यशोदा शर्माले बताइन् ।

शनिबार आयोजित कार्यक्रममा लायन्सले पञ्चकोट घुम्ने पर्यटक र भक्तजनले दान दिन खोज्दा पनि सुरक्षित स्थान नभेटेपछि उक्त पेटिका सहयोग गरेको हो ।

साथै कात्तिक ३० र मंसिर १ गते हुने लायन्सको डिष्ट्रिक्ट मिटिङमा आउनेहरुले पनि घुम्ने क्रममा पञ्चकोट प्रतिको आस्था र विश्वास बढाउन यो काम गरिएको अध्यक्ष शर्माले बताइन् ।

उनले पञ्चकोट क्षेत्रमा सरसफाइलाई नियमित बनाउने पनि जानकारी दिइन् ।क्लबले फोहोर संकलन बाल्टी, हातधुने सामानलगायत सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा पञ्चकोट विकास परिषद्का महासचिव माधवप्रसाद उपाध्यायले सबैको साथ र सहयोगबाटै पञ्चकोटलाई पर्यटकीय गन्तव्य बनाउन सकिने बताए ।

उनले धार्मिक साथै देश विदेशबाट आउने पर्यटकको रोजाइकालागि पुरा गर्नुपर्ने धेरै योजना बाँकी भएकोले सबैको पहल आवश्यक पर्ने बताए ।

कार्यक्रम अध्यक्ष यशोदा शर्माको अध्यक्षता र तृतीय उपाध्यक्ष उमाशंकर सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै लायन्स क्लब अफ बागलुङ सेयरिङ हेप्पिनेसले पञ्चकोटस्थित कन्या गुरुकुलमा तातोपानी तताउने डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

शनिवार भएको कार्यक्रममा अध्यक्ष गीता क्षेत्री पौडेलले गुरुकुलकी अध्यापक गोदादेवी रंगनायिकेलाई सामग्री हस्तान्तरण गरिन् ।

उक्त कार्यक्रममा लायन्स क्लबका रिजन चियर पर्सन बद्री ढुंगाना र एरिया सचिव श्रीकृष्ण पौडेलले शुभकामना मन्तव्य दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung